मित्रराष्ट्र चीन सरकारको सहयोगमा निर्माण भएको भव्य संरचनाका कारण विद्यालय चर्चाको शिखरमा छ ।
शिक्षाको अर्थ र महत्वलाई बोध गरी वि.सं. २०२० साल माघ २० गते जुगल गाउँपालिका वडा नम्बर ५ का पूर्वजहरुको सक्रियतामा करिब ६१ रोपनी क्षेत्रफलमा यस विद्यालयको स्थापना भएको पाइन्छ । स्थापनाकालदेखि थुप्रै आरोह अवरोह पार गर्दै वर्तमान अवस्थासम्म आइपुग्दा यो विद्यालय जुगल भेगकै शैक्षिक विकासको केन्द्र बन्ने चरणमा छ ।
मित्रराष्ट्र चीन सरकारको सहयोगमा निर्माण भएको भव्य संरचनाका कारण विद्यालय चर्चाको शिखरमा छ । भव्य भौतिक संरचना र करिब ५२० जना विद्यार्थीलाई साधारण तथा प्राविधिक धार (सिभिल इञ्जिनियर) तर्फको पठन पाठन गराइरहेको यस विद्यालयले शैक्षिक गुणस्तर सुधारका निमित्त सरोकारवाला पक्षहरुकाबीच निरन्तर छलफल एवम् अन्तक्र्रियामार्फत विभिन्न प्रयत्नहरु गर्दै आएको छ ।
पछिल्लो समय विश्वव्यापी रुपिमा तीव्र विकास भइरहेको सूचना तथा सञ्चार प्रविधिको सञ्जालमा विद्यालयको सम्पूर्ण गतिविधिलाई निरन्तर अद्यावधिक जरुरी भएको छ र यसैको प्रयत्न स्वरुप विद्यालयले आफ्नो बेवसाइटमार्फत विद्यालयको सम्पूर्ण गतिविधिलाई सूचना तथा सञ्चार प्रविधिमार्फत व्यवस्थित रुपमा आम सरोकारवाला पक्षको पहुँचमा पु¥याउने उद्देश्यसहित विद्यालयले यो बेवसाइट सञ्चालनमा ल्याएको छ ।