विद्यालयको परिचय
विद्यालयको परिचय
जुगल गाउँपालिका वडा नम्बर ५ सिन्धुपाल्चोकमा सञ्चालित रत्न राज्य माध्यमिक विद्यालय विक्रम संवत् २०२० साल माघ २० गते स्थापना भएको हो । विद्यालयको नामाकरण गर्ने सन्दर्भमा तत्कालिन परम्परा अनुसार देवीदेवता, धार्मिकस्थल वा राजपरविारका सदस्यहरुका नामबाट नामाकरण गर्ने अभ्यास अनुसार श्री ५ महेन्द्र बीरविक्रम शाहकी श्रीमति तत्कालिन वडा महारानी रत्न राज्य लक्ष्मी शाहको नामबाट यस विद्यालयको नामाकरण भएको बुझिन्छ ।
रत्न राज्यमाध्यमिक विद्यालय अरनिको राजमार्ग बलेफीदेखि १९ किलोमिटर उत्तरतर्फ जुगल हिमालको खालमा मुस्कुराइरहेको छ । वि.सं. २०२० मा यस विद्यालयको स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने स्थानीय बुद्धिजिवी, समाजसेवी स्व. देउऋषी पौडेल, स्व. यज्ञराज घिमिरे, स्व. भवलाल घिमिरे, स्व. कृष्णबहादुर लामिछाने, ूव. जयनारायण पौडेल, स्व. ध्रुवनारायण पौडेल लगायतका व्यक्तित्वहरु प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । स्थापनासँगै विभिन्न आरोह अवरोह पार गर्दै तत्कालिन शिक्षाप्रेमी, समाजसेवी व्यक्तित्वहरुको निरन्तर प्रयत्न र पहलकदमीमा विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा योगदान पु¥याउँदै वि.सं. २०३४ सालमा नि.मा.वि. तह, वि.सं. २०४६ सालमा मा.वि. तह, वि.सं. २०६५ सालमा साविक उत्त मा.वि. तहमा स्तरोननति हुँदै, विद्यालयको सेवा क्षेत्रभित्र पर्ने साविक गा.वि.स. हरु सेलाङ, गोल्चे, पाङताङ, गुम्बा, बराम्ची र हगाम लगायतका गा.वि.स. हरुबाट विद्यार्थी उपस्थित भई प्रमुख ज्ञान आर्जनको केन्द्र यस विद्यालयलाई बनाउँदै आएक छन् । यो विद्यालय सिङ्गो जुगल गाउँपालिकाको एक मात्र स्वीकृत प्राप्त सामुदायिक माध्यमिक विद्यालय हो
करिब ६२ रोपनी क्षेत्रफलमा फैलिएको यस रत्न राज्य माध्यमिक विद्यालयको भौतिक संरचनाको इतिहास निकै दयनीय अवस्थामा रहेको हामी सबैलाई अवगत छ । दुःखका साथ चलिरहेको विद्यालय भवन वि.सं. २०७२ को विनाशकारी भूकम्पले क्षतविक्षत बनायो । तत्पश्चात् भौतिक संरचना पूर्णरुपमा नवनिर्माण गर्न जरुरी थियो । सन् २०१७ जनवरीमा जनवादी गणतन्त्र चीन सरकार र नेपाल सरकारबीच सम्झौता भई सन् २०१९ को डिसेम्बरमा निर्माण कार्य सम्पन्न भएको हो । विद्यालयको कूल क्षेत्रफल ८९२० वर्ग मिटरमधये ५६६० वर्ग मिटर क्षेत्रफलमा अत्याधुनिक सुविधा सम्पन्न भवन, ६३० जना विद्यार्थी र ८० जना शिक्षक एवम् कर्मचारीहरुका लागि पूर्ण आवासीय भवन, प्रशासनिक भवन, भोजनालय, सुरक्षा कक्ष आदिको निर्माण कार्य सम्पन्न गरिएको छ । यस कार्यका लागि शुरुवातदेखि सत्रधारको रुपमा आवश्यक मार्गदर्शन र सहजीकरणका लागि तत्कालीन प्रतिनिधिसभाका माननीय सदस्य श्री अग्निप्रसाद सापकोटा, वि.व्य.स. अध्यक्ष विष्णुप्रसाद घिमिरे, वि.व्य.स. अध्यक्ष विरबहादुर श्रेष्ठ, वि.व्य.स. अध्यक्ष सनतकुमार अधिकारी, दिवंगत प्र.अ. लिलाप्रसाद घिमिरे, प्र.अ. लेखानाथ रेग्मी, प्र.अ. छन्दप्रसाद काफ्ले लगायत तमाम समितिका सदस्यज्यूहरु, अभिभावक संघका पदाधिकारीज्यूहरु, सम्पूर्ण जनप्रतिनिधिहरु, सम्पूर्ण अभिभावकज्यूहरु तथा शिक्षकज्यूहरु प्रति विद्यालय परिवार कृतज्ञता अर्पण गर्दछ ।
नवनिर्मित यस विद्यालयमा शिक्षण सामाग्री, उपयुक्त फर्निचर, कम्प्यूटर ल्याब, विज्ञान प्रयोगशाला, खेल मैदान, घेराबार, खानेपानी, शौचालयको उचित व्यवस्था मिलाइएको छ । आवरणमा देखिएको तीनवटा भवन मध्ये चार ते ७५ कोठाको एक भवनमा आवास रहेको छ । बिचको तीन तले १५ कोठाको भवनलाई प्रशासनिक एवम् ल्याब र पुस्तकालय सञ्चालनमा प्रयोग गरिएको छ । खेल मैदान अगाडिको तीन तले २१ कोठाको भवन पठनपाठनका लागि प्रयोग गरिएको छ । जहाँ सेमिनार हालको समेत व्यवस्था रहेको छ । यस्तो सुविधा सम्पन्न भवनमा रहेर अध्ययन अध्यापन गर्न पाउनु हामी सबैको गौरवको विषय बनेको छ । १०२ तर्फ शिक्षाशास्त्र, व्यवस्थापनर मानविकी संकाय सञ्चालन भइरहेकोमा शैक्षिक सत्र २०७७ देखि प्राविधिक तथा व्यसायिक धार तर्फ माध्यमिक तह कक्षा ९ मा सिभिल इञ्जिनियरिङ विषयको अनुमति प्राप्त गरी शै. स २०७९ मा कक्षा ११ को पठनपाठन शुरु गरिएको छ । विद्यालयको स्थापनाकालदेखि हाल यो भौतिक समृद्धिसम्मको अवस्थामा ल्याउनका लागि सहयोग पु¥याउनु हुने सम्पूर्ण वि.व्य. स., शि.अ. संघ, स्थानीय शिक्षाप्रेमी, चन्दादाता, अक्षयकोष दाता, स्थानीय संघ संस्था, युवा क्लब, आमा समूह, अभिभावक, शिक्षक, पूर्व विद्यार्थी, बुद्धिजिवी, वडा कार्यालय, गाउँपालिका, शिक्षा विकास तथा समन्वय इकाई सिन्धुपाल्चोक, शिक्षा विकास निर्देशनालय, शिक्षा विभाग, शिक्षा मन्त्रालय, अर्थ मन्त्रालय, परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम विभाग, अध्यागन विभाग, चीन सरकार एवम् विद्यालय निर्माण कम्पनी (The Tibetan Jinlong construction Engineering Vo. Ltd.) एवम् सम्बद्ध सबैमा विद्यालय परिवार सधैं कृतज्ञ रहने छ ।